Type Here to Get Search Results !

मधेश सभामुख कप : सर्लाहीको संघर्षमा महोत्तरीको सहज जित

 प्रथम मधेश सभामुख क्रिकेट कप–२०८० सुरुवाती पहिलो खेलमा महोत्तरीले सहज जित हात पारेको छ । ंमधेश प्रदेशसभाको छैठौं वार्षिकोत्सवको अवसरमा शनिबार देखि जनकपुरधाम उपमहानगरपालिका–१४ रजौल स्थित रामजानकी बहुउद्देश्य अन्तराष्ट्रिय रंगशालामा भएको पहिलो खेलमा महोत्तरीले विजयी सुरुवात गरेको छ ।

शनिबार महोत्तरी र सर्लाही बीच भएको उदघाटन खेलमा टस जितेर महोत्तरी टिम ब्याटिङको लागि सर्लाही टिमलाई निम्तो दिएका थिए । सर्लाही टिम ३३ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ३७ रनको लक्ष्य महोत्तरी टिम समक्ष प्रस्तुत गरेका थिए ।

सर्लाहीका लागि ब्याटिङ गरेका अली हसनले सार्वधिक ६८ बलमा ३८ र विवेक ठाकुरले २७ बलमा २४ रन बनाए । हसनले टिमको स्कोर उच्च बनाउन बढी समय क्रिचमा रहेर कडा संघर्ष गरेका थिए । सर्लाहीकै लागि ब्याटिङ गरेका आशुतोष यादवले १४ र सुधिर चौधरीले १५ रन बनाए । सर्लाहीका अन्य ब्याटस म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

महोत्तरीका लागि बलिङ गरेका नितेश कुमार यादवले पाँच ओभरमा २७ रन खर्चेर तीन विकेट र रवि कुमार सिंहले सात ओभरमा २२ रन खर्चेर दुई विकेट लिएका थिए । महोत्तरीकै लागि बलिङ गरेका रमेश कुमार सहनी, विनोद सहनी र निरज कुमार यादवले समान एक÷एक विकेट लिएका थिए ।

एक सय ३७ रनको लक्ष्य पञ्छयाएका महोत्तरी टिम २८ ओभर चार बलमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरे । महोत्तरीका लागि नविन कुमार यादवले सार्वधिक नटआउट ४९ बलमा ४२ रन र सौरभ नागवंशीले ४१ बलमा ३० रनको योगदान दिए । नविन महोत्तरीका लागि उत्कृष्ट ब्याटिङ गरेका थिए ।

सर्लाहीका लागि बलिङ गरेका नवल किसोर राम र निरज यादवले दुई÷दुई विकेट लिए । विवेक चौधीरी र अली हसनले पनि एक÷एक विकेट लिए । यस खेलको म्यान अफ दी म्याच महोत्तरीका नविन कुमार यादव घोषित भएका थिए । आइतबार पर्सा र सिरहा बीच खेल हुने आयोजकले जनाएको छ । कप नकआउट प्रणालीमा भइरहेको छ । आइसीसीको मान्यता अनुसार भइरहेको कप अन्तर्गत प्रत्येक खेल ४० ओभरको भईरहेको छ ।

आजै विहान एक समारोहका बीच मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र, सभामुख रामचन्द्र मण्डल, भौतिक पूर्वाधा विकास मन्त्री कृष्णा यादव, खेलकूद तथा समाज कल्याण मन्त्री सूरिता साह तथा प्रदेशका सांसदहरु सहितले खेलको उदघाटन गर्दै खेलाडीहरुलाई शुभकामना दिएका थिए । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today