कुराकानीको स्क्रिन रेकर्ड गरेर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
December 20, 2023
0
म्यासेजिङ एपमा साथी बनेर वार्तालाप स्क्रिन रेकर्ड गरेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षीय डिल बहादुर गलामी छन् ।गुल्मीको सत्यवती गाउँपालिका घर भएका गलामीलाई पुस २ मा बाँकेबाट पक्राउ गरिएको साइबर ब्युरोका सूचना अधिकारी (एसपी) पशुपति कुमार रायले रातोपाटीलाई बताए ।वार्तालापको स्क्रिन रेकर्ड सम्पादन गरेर आरोपीले सामाजिक सञ्जालमा अश्लील सन्देश पोस्ट गरेर एकल महिलाको चरित्र हत्या गरेको आरोप छ उनलाई विद्युतीय कारोबार ऐन–२०६३ को कसुरमा काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको एसपी रायले जानकारी दिए । जिल्ला सरकारी वकिल कार्यालयले उनिबिरुद्धको अभियोग पत्र असोज १९ मा जिल्ला अदालतमा दर्ता गराएको थियो ।
Tags

