Type Here to Get Search Results !

जानकी मेडिकल कलेज एवं शिक्षण अस्पताल पुरानै अवस्थामा फर्किन थाले

 

जनकपुरधाम- धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयामा रहेको जानकी मेडिकल कलेज एवं शिक्षण अस्पताल पुरानै अवस्थामा फर्किन थालेको छ ।
मेडिकल कलेजमा सवै प्रकारको विषेशज्ञ सेवा प्रदान गर्ने काम भईरहेको मेडिकल कलेजका मेडिकल सुपरिटेण्डेन्ट प्राध्यापक डा. धर्मदत्त सुवेदीले जानकारी दिनु भएको छ । वर्षको अन्तरंग तथा वहिरंग सेवा गरेर १ लाखलाई स्वास्थ्य उपचार सेवा दिने गरेको मेसु डा. सुवेदीले पत्रकार सम्मेलनमा आज जानकारी दिनु भयो । यसका साथै दैनिक रुपमा ३ सय देखि ४ सय जनाले स्वास्थ्य सेवा लिन थालेको उहाले जानकारी दिनु भयो ।
यसका साथै महिनाको २ देखि ३ वटासम्म मेडिकल क्याम्पको पनि आयोजना गर्ने गरेको मेडिकल कलेजले जनाएको छ । एक वटा मेडिकल क्याम्पमा ४-५ सय जनालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ ।


मेडिकल कलेजमा हाल १ सय चिकित्सकले सेवा प्रदान गरेको छ । यसका साथै मेडिकल कलेजमा सवै प्रकारको स्वास्थ्य सेवालाई एक्कै ठाउँवाट प्रदान गर्नका लाथि जिपी सेवालाई प्रभावकारी बनाउने गरि अगाडी कढेको मेडिकल कलेजका अध्यक्ष ओ पी पाण्डेले जानकारी दिनु भयो ।
मेडिकल कलेजमा जिपि सेवाका लागि ५ जना विज्ञ चिकित्सक रहनुका साथै ४ जना विद्यार्थी सोही विषयमा अध्ययनरत रहेको जानकारी मेडिकल कलेजले दिएको छ । कलेजमा उपचारका लागि आउने विरामीलाई सोही शाखाले नै पहिलो पटक हेर्ने र विरामीलाई विषेशज्ञ सेवा आवश्यक परेको खण्डमा मात्र अन्य शाखामा पठाउने मेडिकल कलेजले जनाएको छ ।
यसले विरामीको उपचारमा सहजता हुनुका साथै थोरै खर्च लाग्ने र रोगको पहिचान गरेर निको पार्न सजिलो हुने दावी गरिईएको छ । जिपि सेवा सवै मेडिकल तथा शिक्षण अस्पतालमा भएपनि प्रभावकारी बन्न नसकेको वेलामा जानकी मेडिकल कलेजले प्रभावकारी बनाउन थालेको छ ।


कार्यक्रममा जिपि ई एम ए एनका केन्द्रीय महासचिव डा. विश्वराज दवाडीले विकसित मुलुकहरुमा यस शाखाले उपचार गर्ने गरेको बताउदै नेपालमा ५ सय जना भएपनि अरु विदेश गएको र बाँकी ३ सय ५० जना कार्यरत रहेको बताउनु भयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today