Type Here to Get Search Results !

खजुरी प्रहरीले समाते ड्रग्ससहित एक युवक

 


पूर्वी धनुषाको ईलाका प्रहरी कार्यालय खजुरीले एक युवकलाई लागुऔषध (ड्ग्स) सहित पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्याल खजुरी मातहतको प्रहरी चौकी ठाडीबाट खटेको प्रहरीको टोलीले विदेह नगरपालिकाको महिनाथपुर नाकाबाट एक भारतीय युवकलाई पक्राउ गरेको हो । शनिबार २ः४५ बजेको समयमा भारतबाट नेपाल तर्फ लागुऔषध भरिएको ब्याग लिएर आउँदै गर्दा चेकजाँचको क्रममा भारतको बिहारको महिनाथपुर ९ बस्ने बर्ष २० को श्रवण कुमार मण्डललाई पक्राउ गरेको हो । 

मण्डलले झोलामा लुकाएर ल्याउँदै गरेको (NITRAVAT -10) १० पता (प्रती पता ३० वटाको दरले ३०० वटा टयाव्लेट ,SAMMEX- CAPSULES २४ पता (प्रती पता ६ वटाको दरले १४४ वटा टयटव्लेट , (COUGH-SYRUP-PLESSANT-TASTING) १३ पिससहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्टले जानकारी दिए । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today