Type Here to Get Search Results !

प्रदेशलाई किशोरीमैत्री बनाउने योजना


 मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशलाई किशोरीमैत्री बनाउने योजनाका साथ यहाँका किशोरीहरूलाई साथी बनाएका छन् ।

मधेश प्रदेशको पर्सा जिल्लास्थित पर्सागढी नगरपालिकामा ‘म बालिका हुँ, दुलही होइन’ अभियानमा सम्बद्ध सामुदायिक विद्यालयका छात्राहरुले बिहीबार मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहलाई भेटेर साथी बन्न आह्वान गरेपछि उनले किशोरीहरुको प्रस्ताव स्वीकार गरे ।

पर्साका ११० जना किशोरीहरूले भिजन क्लब गठन गरेर विद्यालयस्तरमा महिनावारी स्वच्छता, यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार, बाल विवाह न्यूनीकरण, बाल सहभागिताजस्ता विषयमा छलफल चलाउँदै आएका छन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today