Type Here to Get Search Results !

अनमीमाथि जातीय विभेद गर्ने स्वास्थ्य चौकी इन्चार्ज शाही पक्राउ

 


अनमीमाथि जातीय विभेद गरेको आरोपमा खनायाँ स्वास्थ्य चौकीका इन्चार्ज पक्राउ परेका छन्। 

सोरु गाउँपालिका– ९ खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्सा विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा उक्त स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाहीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।अनमी तुलसामाथि जातीय विभेद गरेको आरोपमा सुरजकी आमा झापु शाही र अर्का सोरु गाउँपालिका– ६ का धनप्रसाद भट्टलाई शनिबार पक्राउ गरी अनुसन्धानका लागि अदालतमा सातदिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी  निरीक्षक तथा सूचना अधिकारी प्रकाशसिंह कार्कीले जानकारी दिए। 

अनमी विश्वकर्माले आफूमाथि जातीय विभेद भएको भन्दै तीनजनामाथि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएकी थिइन्। उक्त जाहेरी दर्ता भई किटानी जाहेरीकै आधारमा तीनैजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।दाङ तुल्सीपुर घर भई सोरु गाउँपालिका– ९ स्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी विश्वकर्मा स्वास्थ्य चौकी  इन्चार्ज सुरजको घरमा ११ महिनादेखि डेरा गरी बस्दै आएकी थिइन्।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today