Type Here to Get Search Results !

सेनालाई कमजोर बनाउन गिरोह नै क्रियाशील छ : प्रधानसेनापति शर्मा

 

नेपाल आर्मी कसैको न्वारान गर्ने संस्था होइन                                                                                                                          प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई कमजोर बनाउन गिरोह नै क्रियाशील रहेको बताएका छन् । 

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले सेनाका उच्चपदस्थ अधिकृतहरूको उमेर विवादबारे राखेको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानसेनापतिले यस्तो बताएका हुन् । ‘सेनालाई कमजोर बनाउने एउटा तत्व क्रियाशील छ । सेनालाई अरूको अगाडि गिराउन खोज्ने एउटा गिरोहले काम गरिरहेको छ । त्यो गिरोहले अपुष्ट कुरा ल्याउँछ र सेनालाई बदनाम गराउन खोजिएको छ,’ उमेर विवादबारे जवाफ दिँदै उनले भने ।  

अस्पतालबाट जन्मदर्ता प्रमाणपत्र प्राप्त नगर्दाको तत्कालीन समयमा कसैको उमेर एसएलसी, नागरिकता र चारित्रिक प्रमाणपत्रका आधारमा तय गर्ने गरिएको चर्चा गर्दै उनले नेपाली सेना, निजामती र अन्य सेवामा पनि उमेर प्रमाणित गर्ने आधार त्यही भएको बताए । ‘पहिले अस्पतालले जन्मदर्ता दिने गरेको थिएन । त्यसैले पहिले–पहिले एसएलसी, नागरिकता र चारित्रिक प्रमाणपत्रका आधारमा उमेर प्रमाणित गर्ने गरिएको थियो,’ उनले भने, ‘बढुवाका लागि सिफारिस गर्नुअघि ती सबै कागजातहरू सम्बन्धित निकायबाट पटकपटक प्रमाणित गराउने गरिएकाले सेनामा गल्ती भएको छैन ।’ 

नेपाल आर्मी कसैको न्वारान गर्ने संस्था नभएको बताएका प्रधानसेनापति शर्माले सेनामा रेकर्ड सिस्टम राम्रो छैन भनेर देखाउन चाहने तत्वको खेल भएको जिकिर गरे । 

उनले नेपाली सेनालाई बर्बाद गर्नतिर लाग्नेहरूलाई पनि कारबाही गर्ने कानुन ल्याउन सांसदहरूसँग माग गरे । 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today