Type Here to Get Search Results !

पोखरी घाटको शिलान्यास सम्पन्न ।

 


महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वड़ा नं ९ बहुअरवामा पोखरी घाटको शिलान्यास गरिएको हो । तिलक दास पोखरी सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत आज उक्त पोखरी घाटको शिलान्यास मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले गर्नुभयो ।

सो अवसरमा बोल्नु हुँदै नगर प्रमुख मंडलले उक्त पोखरी घाटले स्थानीयलाई बिभिन्न पर्व, पूजापाठमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो । सो पोखरीमा २० मीटर घाट  करीब १७ लाख २४ हजारको लागतमा निर्माण हुने कुरा मटिहानी नगरपालिकाका इंजीनियर बिमलेश साहले बताउनु भयो ।

उक्त कार्यक्रममा मटिहानी नगरपालिकाका नगर उप-प्रमुख मंजु देवी साह, वड़ा नं.९ का वड़ा अध्यक्ष श्री मदन चौधरी, मुसाफिर सहनी, इन्दल मंडल,किसुनबल मिश्र,राम एकवाल यादव,जोगेन्द्र साह,ललन ठाकुर,ताहिर कवारी,ललन दुबे,राजबीर खतवे, सिंघेश्वर यादब लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today