Type Here to Get Search Results !

नियमित बिल तिरेका छाैँ, विवादित प्रिमियमबापतको शुल्क मात्रै नतिरेको हाे : उद्योग परिसङ्घ

 unn.prixa.net

काठमाण्डाै – नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले विद्युत् प्राधिकरणले काटेको उद्योगहरूको बिजुली पुनः जोडेर समस्याको समाधान गर्न माग गर्नुभएको छ ।

आज साेमवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर परिसङ्घका अध्यक्ष अग्रवालले यस्ताे माग गर्नुभएकाे हाे । उहाँले उद्योगी व्यवसायीले बिजुलीकाे बिल नियमित तिर्दै आइरहेको दाबी गर्दै विवादित प्रिमियमको विषयको बिल मात्रै नतिरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले उद्योगधन्दा बन्द हुँदै गइरहेको अवस्थामा सरकारले निकास दिनुपर्ने ठाउँमा हठाथमा बिजुलीको तार काट्ने निर्णय गरेर उद्योग बन्द गराउने योजनामा अघि बढेको बताउनुभयो । यस्तै चिनी उत्पादक सङ्घका अध्यक्ष जगदीश अग्रवालले सरकारको अपरिपक्व निर्णयले गर्दा बजार र उद्योग क्षेत्रलाई अफ्ठ्यारो पर्ने बताउनुभयो  । व्यवसायी विष्णु न्यौपानेले आफूले प्रयोग नगरेको बिजुलीको बिल तिर्न नसक्ने बताउनुभयो ।

डेडिकेटेड र ट्रङ्कलाइन जोडेबापतको बिल नतिरेको भन्दै विद्युत् प्राधिकरणले नौ वटा उद्योगको लाइन काटेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today