Type Here to Get Search Results !

गौशालामा फेरी बाहिरियो एक बलात्कारको घटना


महोत्तरीको गौशालामा एक बलात्कारको घटना बाहिरिएको छ । गौशाला नगरपालिका वडा न. १ रामनगर स्थित घरभएको करिब ४० वर्षकी  एक महिला बलात्कृत भएको घटना बाहिरिएको हो ।

इलाका प्रहरी कार्यालय गौशालाको अनुसार गएको शनिवार घास काट्न जंगल गएको बेला मोका छिपी जंगलमै करिब ४० वर्षका विरेन्द्र यादवले महिलालाई बलात्कार गरेको हो ।

पिडित महिलाले गौशाला इलाका प्रहरीमा उजुरी गरेकी थिइन् । घटनापश्चात आरोपित फरार रहेको छ भने यादवको खोजविन जारी रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।  

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today