Type Here to Get Search Results !

दाइजो प्रथा अन्त्य गर्ने उद्धेश्य का साथ केटी पक्षसँग दाइजो नलिइकन रौतहटका युवा रघुनाथ चौधरीले गरे आदर्श बिवाह


हाम्रो समाजमा चल्दै आएको दाइजो प्रथा जस्तो कुप्रथा लाई अन्त्य गर्ने उद्देश्य का साथ रौतहटको चन्द्रपुर नपा १० बालचनपूर निवासी पाँचु चौधरी को छोरा रघुनाथ चौधरीले केटी पक्ष सँग दाइजो नलिइकन आदर्श बिवाह गरेका छन्।


रघुनाथ चौधरीले लालबन्दी नगरपालिका स्थित हरिभवन निवासी रामएकवाल चौधरी को सपुत्री रिता कुमारी चौधरी सँग आज शुक्रबार आफ्नै निवास बालचनपुर मा थारु संस्कृति, परमपरा अनुसार बिवाह गरेका हुन्।


रौतहट जिल्ला मधेस प्रदेश मा रहेकाले दाइजो प्रथाको बिकृति देखिन थाले पछि दाइजो बिनानै बिवाह गरेको रघुनाथ चौधरीले बताएका छन्। आफ्नो परिवारको साथ समर्थन रहेकाले हामी दुई जोडीले आदर्श बिवाह गर्न सफल भएको उन्ले बताए।


बिवाह कार्यक्रममा उपस्थित जसपा नेपालको मधेस प्रदेश कमिटी सदस्य बिजय चौधरीले पत्रकार सरताज आलम सँग कुरा गर्दै दाइजो प्रथाका कारण महिलाहरु घरेलु हिंसाको सिकार हुने गरेका छन् कतिको त दाइजोकै कारण ज्यान समेत गएको हाम्रो समाजमा प्रशस्त देखिन्छन् र  यस्तो विकृतिलाई अन्त्य गर्न एकदमै जरुरी रहेको उन्ले बताए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today