Type Here to Get Search Results !

विवाहपञ्चमी महोत्सव: मटकोर विधि सम्पन्न

 

सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत पाँचौ दिन शनिबार मटकोर विधि सम्पन्न भएको छ।

जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहित विहेको वेदी बनाउन जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए।

Sponsored

मटकोर विधिको क्रममा लगिएको माटोबाट सीताराम विवाहका लागि मडवा निर्माण गरिने छ।

पोखरीबाट जानकी मन्दिर भित्रियाइएको माटोले सीताराम विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ।

मटकोरको क्रममा सेभ हिस्टोरिकल जनकपुरधामले प्रत्येक दिन आयोजना गर्ने गंगा आरतीको समेत आयोजना गरेको थियो। सो अवसरमा जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णव लगायत श्रद्धालुहरुको सहभागिता रहेको थियो।

सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र शनिबार पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ।

महोत्सवको छैठौँ दिन आइतबार स्वयम्वर एवं वैवाहिक कार्यक्रम र अन्तिम दिन सोमबार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today