Type Here to Get Search Results !

गोपाल धर्मशालामा बजार व्यवस्थापनलगायतका कार्य नगर्न अन्तरिम आदेश


 

जनकपुरधामस्थित गोपाल धर्मशालामा बजार व्यवस्थापनलगायत जग्गा उपभोग नगर्न÷नगराउन भन्दै उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ ।

शम्भु यादवले दिएको निवेदन उपर सुनुवाइ गर्दै न्यायाधीश बलभद्र बाँस्तोलाको एकल इजलासले जिल्ला प्रशासन कार्यालय धनुषासमेतको नाममा गोपाल धर्मशालामा कुनै पनि किसिमको बजार व्यवस्थापन तथा उपभोगलगायतका कार्यहरु टुंगो नलागेसम्मका लागि विपक्षीहरुलाई लिखित जवाफ पेश गर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ ।

गोपाल धर्मशाला गुठी संस्थानको अधिनस्थ रहेकाले धर्मशालाको जग्गा गुठी तैनाथी जग्गा हुँदा गुटी संस्थानको उद्देश्य र अभिष्टबाहेकको अन्य बजार व्यवस्थापनका कार्यमा गुठी संस्थान अन्तर्गतको गोपाल धर्मशालाको गुठी जग्गा उपभोग नगर्नु/नगराउनु र उक्त धर्मशालामा कुनै निर्माण कार्य, बजार व्यवस्थापनको कार्य नगरी निवेदनको टुंगो नलागेसम्म यथास्थितिमा राख्नु भनी मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ तथा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको उच्च अदालतले जारीको अन्तरिम आदेशमा उल्लेख गरिएको छ ।

सार्वजनिक हितको लागि अदालतमा निवेदन परेकोले अन्तरिम आदेश जारी गरिएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषालाई उच्च सरकारी वकील कार्यालय मार्फत तथा अन्य विपक्षीहरुले आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्न आदेश दिइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today