Type Here to Get Search Results !

नोयडासँग युपी-११ सात विकेटले पराजित

 प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको छैटाैँ दिनको पहिलो खेलमा वन्डर क्लब नोयडाले युपी– ११ लाई सात विकेटले पराजित गरेको छ। 

नारायणी रंगशालामा भएको खेलमा युपी– ११ ले दिएको एक सय १५ रनको लक्ष्य नोयडाले १५ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको हो। नोयडाका हर्षित सेठीले नटआउट सर्वाधिक ३१ बलमा ४५ रन बनाए। अर्का खेलाडी सिद्धार्थ गोस्वामीले २२ बलमा २७ रन र उजैर मल्लिकले २६ बलमा २२ रन जोडे। 

युपी– ११ का बलर सत्या तिवारीले तीन ओभरमा २५ रन खर्चिएर दुई विकेट लिए भने सहिम हसनले चार ओभरमा २९ रन दिएर एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको युपी– ११ ले वन्ण्डडर क्लब नोयडालाई एक सय १५ रनकाे लक्ष्य दिएको थियो। युपी– ११ ले २० ओभरमा नाै विकेटको क्षतिमा एक सय १४ रन बनाएको हो।


खेलमा युपी– ११ का समीर अन्सारीले १८ बलमा १४ रन बनाए। यस्तै, जयदीप सिंहले ३२ बलमा २३ रन र अत्समास आलमले १४ बलमा १६ रन जोडे।

नोयडाका बलर सञ्जीव चतुर्वेदीले चार ओभरमा १२ रन खर्चिएर दुई विकेट पाए भने शशांक शेखरले चार ओभरमा ११ रन दिँदै दुई विकेट लिए। 

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी– ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्दै छन्।

आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा पर्सा– ११ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today