Type Here to Get Search Results !

कुवेतका अमिरको निधनमा आज सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने

 unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - नेपाल सरकारले कुवेतका अमिरको निधनमा शोक मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार कुवेतका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा आज शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज देशभरका सरकारी कार्यालयहरू एवम् विदेशमा रहेका नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

कुवेतका अमिरको गएको मंसिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको थियो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today