Type Here to Get Search Results !

विद्यालयमै मृत भेटिए प्रधानाध्यापक

 


जनकपुरधाम- सिरहामा एक सामुदायिक विद्यालयका प्रधानाध्यापक झुन्डिएको अवस्थामा फेला परेका छन् ।

गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

मिर्चैया नगरपालिका ६ का बासिन्दा साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि लामो समयसम्म खोजी भएको थियो । खोज/तलास गर्ने क्रममा बिहान ११ बजेतिर विद्यालयको तेस्रो तल्लामा निर्माणाधीन सभा हलमा सलको पासोमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा केही रगतका टाटा देखिएकाले घटना शंकास्पद रहेको आरोप परिवारजनले लगाएका छन् ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today