Type Here to Get Search Results !

फेरि सर्‍यो कांग्रेस महासमिति बैठकः अब पुस १६ देखि १९ सम्म हुने


नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बताए।

उनले यसअघि मंसिरको १३—१५ सम्म बैठक बस्ने भने पनि सफल नभएको र आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भने पनि चाडपर्वको कारण पुनः सार्नुपरेको बताए। उनले अब राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट बैठक बस्ने बताए।

नेता विश्वकर्माले महासमिति बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बताए।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today