Type Here to Get Search Results !

मन्त्री दुलालका अंगरक्षक झुण्डीएको अवस्थामा मृत फेला

 वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालका पिएसओले आत्महत्या गरेका छन् ।मन्त्री दुलालको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका एएसआई यमबहादुर सुवेदी झुण्डीएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुवेदीको शव हेटौंडा उपमहानगरपालिका वडा नं ११ बनदेवी मन्दिर नजिकै सालको रुखमा कालो पेटिको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको थियो।

मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७


विजौना घर भएका अन्दाजी ४५ बर्षीय सुबेदीको दरबन्दी ईलाका प्रहरी कार्यालय खानिखोला धादिङमा थियो । प्रहरीका अनुसार उनी मंगलबार बिहान साढे ६ बजेको समयमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनको शरिरको आधा भाग जमिनमा लत्रिएको अवस्थामा थियो ।

शवको प्रकृती हेर्दा घटना शंकास्पद रहेको प्रत्यक्षदर्शीहरुले अनुमान गरेका छन्। मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले भने घटनाको सत्यतथ्य विवरण पोष्टमार्टम रिर्पोट आएपछि मात्रै थाहा हुने बताए । घटनाको बारे आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today