Type Here to Get Search Results !

सिन्धुलीमा भएको सवारी दुर्घटनामा परी बर्दिवासका ४२ वर्षीय व्यवसायी श्याम चौधरीको निधन

 महोत्तरी - सिन्धुलीमा भएको सवारी दुर्घटनामा परी बर्दिवासका ४२ वर्षीय व्यवसायी श्याम चौधरीको निधन भएको छ।


सोमबार सिन्धुलीबाट ज ११ प ९१७२ नम्बरको मोटरसाइकलमा बर्दिवासतर्फ आइरहेको समयमा सिन्धुलीको कमलामाई नगरपालिका-८ मा वा ४ ख ५९४८ नम्बरको बसले ठक्कर दिँदा बर्दिवास नगरपालिका-२, घर भएका व्यवसायी चौधरीको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार चौधरीले चलाइराखेको मोटरसाइकललाई विपरीत दिशातर्फबाट धरानदेखि काठमाडौंतर्फ गइरहेको बसले ठक्कर दिएको थियो।

गम्भीर घाइते अवस्थामा रहेको चौधरीको उपचारका लागि बर्दिवास स्थित सिटीकेयर अस्पताल ल्याउने क्रममा ज्यान गएको प्रहरी निरीक्षक इन्द्रजीत इटनीले जानकारी दिए। त्यस्तै मोटरसाइकलमा पछाडि सवार अरुणलाल कर्ण घाइते भएका छन्। उनको उपचार जनकपुरमा भइरहेको प्रहरी निरीक्षक इटनीले बताएका छन्।

व्यवसायी चौधरीको मृत्यु भइसकेको र अर्का घाइते कर्णलाई थप उपचारका लागि जनकपुर पठाइएको बर्दिवास सिटी केयरका डा पवन अग्रवालले जानकारी दिए।

कमलामाई शु सेन्टर बर्दिवासका सञ्चालकको मृत्युको खबरले मर्माहित भएका बर्दिवासका मेयर प्रल्हादकुमार क्षेत्री, बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खड्का लगायत अस्पताल पुगेका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today