नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला भव्यताका साथ सम्पन्न भएको छ । शनिबार रौटहट को कटहरिया नगरपालिकामा देशका ७७ ओटै जिल्लाका युवाहरूलाई समाजसेवामा गोलबद्ध पार्ने उद्देश्यका साथ शनिबार नमस्ते नेपालले मधेस प्रदेश भेला सम्पन्न गरेका छन् ।
मधेस प्रदेश स्तरीय भेला कार्यक्रमका संयोजक एवं नमस्ते नेपालका केन्द्रीय कोषाध्यक्ष बरदान आचार्यको अध्यक्षता रहेको कार्यक्रममा कटहरिया नगरपालिकाकी उप-प्रमुख रीता यादवको प्रमुख आथित्यता रहेको थियो भने कार्यक्रममा नमस्ते नेपाल केन्द्रीय अध्यक्ष मनिष भुसाल, संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय अनुशासन विभाग प्रमुख एवं गण्डकी प्रदेश इन्चार्ज भुवन सुवेदी, मधेस प्रदेश सह-इन्चार्ज असमी खड्काको उपस्थिति रहेको थियो ।
कार्यक्रममा १५० भन्दा बढि युवाहरुको उपस्थिति रहेको थियो । उक्त भेलाबाट मधेस प्रदेशका ८ ओटै जिल्लाको प्रतिनिधित्व हुने गरि जम्मा ११ सदस्यीय समितिको गठन भएको छ । उक्त समितिले ६ महिना भित्र सम्बन्धित प्रदेशका ८ ओटै जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरि प्रदेश अधिवेशन गर्ने लक्ष राखेको केन्द्रीय अनुशासन विभाग प्रमुख भुवन सुवेदीले बताए । उक्त मधेश प्रदेश स्तरीय प्रथममा मधेश प्रदेशको संयोजक श्री रिजवान बढ्ई ज्युले सर्वसहमतिबाट संयोजकका जिम्मेवारी पाएका छन्।
वि. सं २०६८ सालमा बाल क्लबको रूपमा स्थापित यस संस्था वि. सं २०७४ सालमा जिल्ला प्रशासन कार्यालयमा नमस्ते नेपालको नामले दर्ता भई सामाजिक कृयाकलापमा अग्रसर छ । कुलत रहित समाज निर्माण र युवाहरूलाई समाजसेवा संगै उद्यमशीलता संग जोड्ने लक्ष्यसहित यतिबेला संस्था नमस्ते नेपालले अहिले झण्डै १० हजार सदस्य जोड्ने उद्देश्यसहित देशव्यापी शाखा विस्तार अभियानमा लागेको केन्द्रीय अध्यक्ष मनिष भुसाल बताएकाछन् ।


