Type Here to Get Search Results !

सारुकको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै शनिबार ज्ञानेश्वरमा प्रदर्शन हुने

 दिवंगत अभिनेता सारुक ताम्राकारको मृत्युको निष्पक्ष अनुसन्धान गर्नुपर्ने भन्दै शनिबार ज्ञानेश्वरमा प्रदर्शन हुने भएको छ ।


‘जस्टिस फर सारुक’ नारासहित प्रदर्शन हुन लागेका हुन् । प्रदर्शनका लागि आहृवान गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सारुकले न्याय पाउनुपर्ने, न्यायका लागि एक हुनुपर्ने, मृत्युको कारण सार्वजनिक हुनुपर्ने, घटना पारदर्शी हुनुपर्ने बताएका छन् ।त्यो पोस्टलाई पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ लगायतले शेयर गरेका छन् ।

सोमबार बेलुका सारुककी आमा रुक्मिणीले फेसबुकमार्फत छोराको मृत्युको निष्पक्ष छानबिन हुनुपर्ने र यथार्थ बाहिर आउनुपर्ने बताएकी थिइन् । सारुकको फोन डिटेल्सलाई पनि बाहिर ल्याउन उनले प्रहरी प्रशासनलाई अनुरोध गरेकी थिइन् । सारुकको मृत्युको झण्डै डेढ महिनापछि हालै बुवा तथा अभिनेता सानु ताम्राकारको पनि निधन भएको थियो ।

सारुकको मृत्युको यथार्थ सार्वजनिक गर्नुपर्ने माग राख्दै चलचित्र कलाकार संघले पनि प्रहरीसामु निवेदन दिइसकेको छ । अध्यक्ष मोहन निरौलाले यसबारे आफूहरुले प्रहरीलाई अनुसन्धानलाई दबाब दिइराख्ने बताए ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today