Type Here to Get Search Results !

बालुवा घारीमा सयपत्री फूल

 


तिहारको मौसममा  सयपत्री पूmल ढकमक्क फुलेको देख्दा जोसुकै बटुवा महोत्तरीको बर्दिबास–६ स्थित बर्दिबास कृषि कार्यक्रमको नमुना कृषि गाउँ (मोडल एग्रो भिलेज) को प्लटमा टक्क अडिन्छन् । करिब एक बिघा (१९ कठ्ठा १० धुर) क्षेत्रफलमा ढकमक्क फुलेको सयपत्री पूmलको बगैंचाले अहिले सबैको मन खैंचेको छ ।

नमुना कृषि गाउँको कूल ८४ बिघा क्षेत्रफलमध्ये व्यावसायिक कृषि प्रबद्र्धनका लागि छुट्याइएको साढे सात बिघा (सात बिघा १० कठ्ठा) क्षेत्रफलभित्र व्यावसायिक स्रोत संस्था सिलभर लाइन एग्रो प्रालिले तिहारलक्षित पूmल खेती गरेको हो । “यसपालिको तिहारमा करिब ६९ हजार जनसङ्ख्या (२०७८ को राष्ट्रिय जनगणनाअनुसार बर्दिबासको जनसङ्ख्या ६८ हजार ३५३) लाई पूmल बर्दिबासकै उत्पादनले पुग्छ” संस्थाका स्रोत व्यक्ति साधुरामसिंह बस्न्यात भने । नगरक्षेत्रका सर्वसाधारणले घरआँगनमा लगाएका र नमुना गाउँमा उत्पादित पूmलले यहाँको माग पुरा गर्ने बस्न्यातको भनाइ छ ।

“बस्तीबस्तीमा सर्वसाधारणले पनि पूmल लगाएका छन् , हाम्रो प्लटमा पनि अहिले मज्जाले पूmल फुलेको छ” बस्न्यात भन्छन , “अब पूmलका लागि बाहिरी बजारको मुख ताक्नु पर्दैन भन्नसक्नु पनि हाम्रो उपलब्धी हुन्छ ।”

व्यावसायिक कृषि प्रबद्र्धनको प्लटमा अहिले ३४ हजार सयपत्रीका बिरुवामा पूmल फुलेका छन् । अब दुई दिनपछि पूmल टिप्ने, माला गाँथ्ने र सुरक्षित भण्डारण गरेर लक्ष्मीपूजाका दिन वितरण थालिने स्रोत संस्थाले जनाएको छ । स्थानीय मागबाट उब्रने पूmल र माला काठमाण्डौ पठाइने तयारी गरिएको स्रोत व्यक्ति बस्न्यातले बताए। संस्थाले बर्दिबास नगरक्षेत्रका बासिन्दालाई नगर कार्यपालिकाको कार्यालयको समन्वयमा सुलभ मूल्य तोकेर पूmलमाला उपलब्ध गराउने जनाएको छ ।

नमुना कृषि गाउँको व्यावसायिक कृषि प्रबद्र्धन कार्यक्रमलाई छुट्याइएको जग्गा बर्दिबास नगर कार्यपालिकाको कार्यालयले आधुनिक कृषिको अधिकतम विशेषतायुक्त प्रविधि प्रदर्शन, अध्ययन र परीक्षणका लागि सिलभर लाइन एग्रो प्रालिलाई २० वर्षे सम्झौताअनुसार उपलब्ध गराएको हो ।

संस्थाले कृषि प्रविधि प्रसारका लागि हरितगृह निर्माणको कार्य अन्तिम चरणमा पु¥याएको छ । यसभित्र अहिले १० कठ्ठा क्षेत्रफलमा  १४ हजार काउली (कोभी) र छ हजार डच जेनिटिस जातका काँक्राका बिरुवा हुर्कदैछन् । अत्याधुनिक चिनीया कृषि प्रविधिअनुसार हरितगृह भवनभित्रै लगाइएका यी तरकारीको उत्पादनभने संयुक्त अरब इमिरेट्स (दुबई) र हल्याण्डको बजारमा पुग्ने स्रोतव्यक्ति बस्न्यातले जानकारी दिए । यसबाहेक हरितगृह भवनभित्रै बिभिन्न जातका तरकारी नर्सरी , फ्रुट भेजिटेवल युनिटमा काँचै चबाएर खाइने सलाद प्रयोजनका तरकारी र १० कठ्ठा क्षेत्रफलमा खुला गोलभेडा खेती लागेको छ ।

व्यावसायिक कृषि प्रबद्र्धन कार्यक्रमभित्रै छुट्टै १२ बिघा क्षेत्रफलमा माछा पोखरी निर्माणको योजना भएपनि यो कामभने बिभिन्न अड्चनले अघि बढ्न नसकेको स्रोत संस्थाले जनाएको छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today