Type Here to Get Search Results !

धनुषा र सिरहा जोडने झोलुंगे पुलको निर्माण अन्तिम चरणमा

 


धनुषा र सिरहा जोड्ने कमला नदीमा निर्माणाधीन झोलुंगे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सिरहा नगरपालिका–१३ को मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाललाई जोड्ने सो पुल निर्माण भएपछि दुबै जिल्लाका जनतालाई आवतजावत गर्न सजिलो हुने स्थानीयवासीहरुको भनाइ छ ।

संघीय सरकारको २८ करोडको लागतमा निर्माण भइरहेको सो झोलुंगे पुल सम्भवतः नेपालमा दोस्रो ठूलो लामो पुल भएको अनुमान गरिएको छ । २०७९ असोजदेखि सुरु भएको र २०८१ असार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा आउने सो पुलको लम्बाई एक हजार पाँचसय एक मिटर र चौडाई चारफिट रहेको भोलेन्टियर इन्जिनियर विनोद कुमार मण्डलले बताए ।

पुल सञ्चालनमा आएपछि भारतको बाटो भएर आवातजावत गर्ने समस्या हटेर जाने स्थानीय मुकेश शर्माले जानकारी दिए । पुलबाट दैनिक दुबै जिल्लाका पाँच हजार मानिसलाई ओहोरदोहर गर्न सजिलो हुने बताउँदै उनले भने,‘ केही मिटरको फरकमा भए पनि सिरहा जानलाई पूर्व पश्चिम राजमार्ग भएर जानुपर्ने बाध्यता छ । तर यो पुल निर्माण भएपछि मोटरसाईकल लगायतका सवारीसाधानले सहज रुपमा आवतजावत गर्न सकिन्छ ।’ हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा निर्माण भएको बहुप्रतीक्षित कमला पुल भत्किएपछि मानिसहरुलाई आवातजावत गर्न समस्या भएकोले सो पुलको विकल्पको रुपमा झोलुंगे पुल कोशेढुंगा सावित हुने सो क्षेत्रका सर्वसधारणको भनाइ छ ।

पुल सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा व्यापार व्यवसायमा टेवा पुग्ने स्थानीय विन्दे मुखियाले जानकारी दिए । थानी निर्माण सेवा काठमाडौंले सो पुलको निर्माण ठेक्का लिएको उक्त पुलमा १० वटा पिलरहरु रहेको छ । २०७६ सालमा सर्वे गरी सरकारसँग पुल निर्माणको लागि बजेट माग भए पनि कोरोनाको कारण यो प्रक्रिया प्रभावित भएको थियो ।

तर सोही वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा बजेट स्वीकृति भइ पुलको निर्माण कार्य सुरु भएको थियो ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today