Type Here to Get Search Results !

विराटनगरमा २० किलो गहनासहित सुनचाँदी पसल सञ्चालक पक्राउ

 प्रहरीले अवैध सुनचाँदीको कारोबार गरेको आरोपमा पशुपति ज्वेलर्सका सञ्चालकलाई पक्राउ गरेको छ ।


बिहीबार ज्वेलर्समा छापा मारेको प्रहरी, राजस्व, प्रसाशन र भन्सार कार्यालयको टोलीले करिब २० किलो सुनचाँदीको गहनासहित सञ्चालक विश्वजित जानालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बरामद गहना चाँदीका धेरै छन् ।

बिहीबार कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोली उक्त सुन पसलमा पुगेको थियो । बरामद सुनचाँदीको विलबिजक नभेटिएको प्रहरीले बताएको छ ।

मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले विराटनगर महानगरपालिका–११ पिचरामा रहेको पशुपति ज्वेलर्समा छापा मार्दा सुन–चाँदीबाट बनेका अवैध सामग्री र गरगहना बरामद भएको बताए ।

सञ्चालक जानामाथि अनुसन्धान भइरहेको उनले बताए । ज्वेलर्सबाट बरामद भएका सामान तौलिएपछि यकिङ विवरण आउने उनको भनाइ छ ।

ज्वेलर्सका सञ्चालक विश्वजित जानाले भारतबाट भन्सार छली गरेर ल्याएर गरगहना एवं सामग्री बिक्री गर्ने गरेको सूचनापछि छापा मार्न प्रहरीको टोली पुगेको थियो ।

प्रहरीका अनुसार ज्वेलर्सबाट सुन–चाँदीका पाउजु, ब्रासलेट, करुवा, थाली, औंठी, दियो, लोटा, भगवानका मूर्ति, टिकादानीलगायतका सामान बरामद भएको छ ।

भारतको पश्चिम बंगालको मजलिसपुरस्थित पश्चिम मेदेनीपुर घर भएका जानाले विराटनगर–११ पिचरा रोडमा पशुपति ज्वेलर्स सञ्चालन गर्दै आएका थिए ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today