Type Here to Get Search Results !

दाइजो माग्दै श्रीमतीलाई यातना दिने इन्जिनियर पक्राउ


 विवाहमा दाईजो लिएको र थप दाइजो माग्दै श्रीमतीलाई यातना दिएको आरोपमा ललितपुरमा एक युवक पक्राउ परेका छन्।

पेशाले इन्जिनियर रहेका ३१ वर्षीय सुमितकुमार गुप्तालाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। 

धनुषाको जनकपुर– ४ घर भइ ललितपुर–२ सानेपा बस्ने गुप्ताले २१ मंसिर २०७९ मा बाराकी पुनम कुमारी गुप्तासँग विवाह गरेका थिए। विवाहको समयमा नै उनले २१ लाख रुपैयाँ दाईजो लिएका थिए। 

पछि पटक–पटक गरी नौ लाख बराबरका सामान लिएका थिए। त्यसपछि पनि थप दाईजो माग्दै उनले श्रीमतीलाई शारिरीक तथा मानसिक यातना दिदै आएको उजुरीका आधारमा सुमितलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नवराज कार्कीले बताए। 

सुमितकी आमा सुशिला देवी गुप्ताले समेत यातना दिएको उजुरी परेको छ। उनी भने फरार छिन्। यो घटनामा विवाहमा लेनदेन गर्न नहुने (दाईजो)सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको एसपी कार्कीले बताए।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today