Type Here to Get Search Results !

आसिफ शेखले पूरा गरे अर्धशतक

 


आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको शुक्रबार भइरहेको सेमिफाइनल खेलमा आसिफ शेखले अर्धशतक पूरा गरेका छन्। उनले ३९ बलमा ६ चोक्का र १ छक्काको सहायताले ५० रन बनाएका हुन।  

यसअघि वासिल हमिदको बल गुल्शन झा आउट भएका थिए। उनी २४  बलमा २२ रन बनाएर आउट भए हुन।  नेपालले अहिलेसम्म १३ ओभरमा ९३ रन बनाएर २ विकेट गुमाएको छ ।  

यसअघि युएईका नीलंश केसवानी को बलमा मोहम्मद वसिमले कुशल भुर्तेललाई क्याच आउट गरेका थिए।  पहिलो इनिङमा युएईले नेपाललाई जितका लागि १३५ रनको लक्ष्य दिएको थियो।  

मूलपानी क्रिकेट मैदानमा जारी छनोटको सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको युएईले निर्धारित २० ओभरको खेल खेल्दै ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो।

युएईका लागि वृत्तिय अरविन्दले सर्वाधिक ६४ रनको योगदान गरेका थिए। उनले ५१ ब्लमा ८ चौका र २ छक्काको मदले उक्त रन जोडे। यस्तै युएईका कप्तान मोहम्मद वशिमले २६ रन बनाए भने अलिशान सराफुले १६ र आशिफ खानले १३ रन बनाएका थिए।  

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिँदा सन्दिप लामिछाने र सोमपाल कामीले समान २÷२ विकेट लिएका थिए।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today