Type Here to Get Search Results !

नोबेल मेडिकल कलेजद्वारा विश्वकपमा छनोट भए १५ लाख र फाइनलसमेत जिते २० लाख रकम दिने घोषणा

 काठमाडौं– पछिल्लो समय उत्कृष्ट लयमा देखिएको नेपाली क्रिकेट टोलीको हौसला बढाउनका लागि विभिन्न संघसंस्थाबाट पुरस्‍कार प्रदान गर्ने होड बढ्दो छ।

एसिया कपबाट अर्ना बियरले नेपाली खेलाडीहरुलाई पुरस्कार राशी प्रदान गर्न थालेको थियो। विश्वकप छनोटसम्म आइपुग्दा अन्य संस्थाहरुसमेत थपिँदै जान थालेका छन्। 

यसैबीच बुधबार नोबेल मेडिकल कलेजले पनि नेपाली टोलीलाई विश्वकपमा छनोट भए पुरस्कार रकम प्रदान गर्ने घोषणा गरेको छ।

कलेजले बुधबार एक विज्ञप्ति जारी गर्दै जारी प्रतियोगितामा नेपाली टोलीले सेमिफाइनलमा जित हात पार्दै विश्वकपमा छनोट भए टिमलाई एकमुष्ट १५ लाख रकम प्रदान गर्ने घोषणा गरेको छ। 

साथै प्रतियोगिताको फाइनल खेलसमेत जितेमा थप पाँच लाख रकम गरी २० लाख उपलब्ध गराउने कलेजका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

बुधबार मात्रै डिशहोमले पनि पुरस्कार राशी घोषणा गरेको छ। उसले जारी प्रतियोगिताका खेलका लागि शतक हान्ने नेपाली खेलाडीलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ। 

यस्तै एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङका लागि ५० हजार रुपैयाँ दिने डिएच फाइबरनेटले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today