Type Here to Get Search Results !

मधेश प्रदेशः बिल बिजक भन्दा बढीको खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा



पर्सा प्रहरीले बिल बिजकभन्दा बढीको खुद्रा सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ ।

मंगलबार राति करिब १२ बजे बिल बिजकभन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका १४ गण्डक चोकस्थित सडकखण्डमा ना ३ ख २७७ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ट्रकलाई रोकी जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य ७९ लाख ५६ हजार बराबरको ट्रक भित्र लोड रहेको खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जनाइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today