Type Here to Get Search Results !

सम्पर्कविहीन भएका पाँचै जना किशोरी फेला

 महोत्तरीबाट सम्पर्कविहीन भएका पाँचै जना किशोरी फेला परेका छन्। धनुषाको ढल्केवरस्थित चोकमा उनीहरु फेला परेको प्रहरीले जनाएको छ।



औरही नगरपालिका वडा नम्बर २ स्थित फूलवरिया गाउँका पाँचै जना किशोरी मंगलबार दिउँसोदेखि सम्पर्कविहीन थिए। इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले पाँचै जना किशोरी ढल्केवरबाट सम्पर्कमा आएको बताए।

‘आमाले जबर्जस्ती बिहे गरदिन लागेपछि हामी योजना बनाएरै घरबाट घुम्न निस्केको एक जना किशोरीले बताएकी छन्,’ उनले भने, ‘उनीहरू घर फर्किन मानिरहेका थिएनन्।’

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक गिरीले किशोरीहरूले फोन गरी प्रहरीको सम्पर्कमा आए पनि आफू रहेको ठाउँ बताएका थिएनन्। ‘उनीहरू रहेको ठाउँ पत्ता लगाउन लोकेसन ट्याक गर्नुपरेको थियो,’ उनले भने।

थपकुरा उनीहरुले नबताएको र पाँचै जनालाई महोत्तरी प्रहरीलाई जिम्मा लगाइएको उनले जानकारी दिए।

फूलवरियाकी १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतीमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रूवी सदा सम्पर्कविहीन भएपछि परिवारजनले मंगलबार बेलुकी प्रहरीलाई खबर गरेका थिए।

महोत्तरीमा यसअघि दुई पटक किशोरीहरू समूह बनाएर घरबाट हिँडेपछि प्रहरीले उद्धार गरेको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today