Type Here to Get Search Results !

सार्वजनिक स्थल नजिक सुर्तिजन्य पदार्थ सेवन या विक्री गरे कार्वाही

 


रुपन्देही को तिलोत्तमा नगरपालिका ले विधालय क्षेत्र र सार्वजनिक स्थल वरपर सुर्तिजन्य पदार्थ विक्री वितरण या सेवन गरेको पाइएमा कार्वाही गरिने जनाएको छ।


तिलोत्तमा नगरपालिका का प्रमुख रामकृष्ण खाण ले साउन १० गते सुचना जारी गर्दै कसैले पनि शिक्षण संस्था, स्वास्थ्य संस्था,वाल कल्याण गृह,शिशु स्याहार केन्द्र,वृद्धाश्रम, धर्मशाला,धार्मिक स्थल लगाएत कुनै पनि सार्वजनिक स्थल वाट कम्ती मा पनि १०० मिटर भित्र सुर्तीजन्य पदार्थ विक्री वितरण तथा सेवन गर्न नपाईने जनाएका छन् । साथै सार्वजनिक स्थल मा धुम्रपान र सुर्तिजन्य पदार्थ को सेवन प्रतिवन्ध भएको ले कसैले पनि कुनै पनि सार्वजनिक स्थल मा धुम्रपान र सुर्तिजन्य पदार्थ को सेवन गरेको पाईएमा नियमानुसार कार्वाही गरिने सुचना मा थप जनाएका छन् ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today