Type Here to Get Search Results !

५० भन्दा बढी नेताका घरमा आगजनीपछि देशभर कर्फ्यू, उल्लंघन गर्नेलाई ‘सुट एट साइट’को अर्डर

 


श्रीलंकामा जारी संकटका कारण सरकारले कर्फ्यू लगाएको छ। राष्ट्रपति गोटाबय राजपक्षले सरकारी सम्पत्ति र पूर्वप्रधानमन्त्री महिन्दा राजपक्षसहित समर्थकको घरमा आगजनी शुरु गरेपछि कर्फ्यू आदेश जारी गरेका छन्। कर्फ्यू आदेश पालना नगर्नेमाथि सरकारले ‘सुट एट साइट’को अर्डर दिएको छ। चर्किएको प्रदर्शन नियन्त्रण गर्नका लागि खटिएका प्रहरीले कर्फ्यू आदेश उल्लंघन गर्नेलाई देख्नासाथ गोली हान्ने आदेश पाएका छन्। राजपक्ष परिवारविरुद्ध उत्रिएका प्रदर्शकहरुले उनीहरुसहित राजपक्ष समर्थकहरु र सरकार समर्थक नेता तथा अन्य व्यक्तिहरुको घरमा आगजनी गर्ने तथा निजी सम्पत्तिमाथि आक्रमण शुरु गरेका हुन्। श्रीलंकामा जारी आर्थिक संकटका बीच गत सोमबार प्रधानमन्त्री महिन्दा राजपक्षले पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा भए पनि प्रदर्शनकारीहरुले आन्दोलन जारी राखेका छन्। महिन्दासँगै प्रदर्शनकारीहरुले राष्ट्रपति गोटाबय राजपक्षको पनि राजीनामा माग गरेका छन्। जारी हिंसात्मक प्रदर्शनका क्रममा त्यहाँ सात जनाको निधन भइसकेको र करीब २०० जना घाइते भएका बीबीसीले लेखेको छ। प्रदर्शन चर्किरहेको समयमा सरकारको समर्थनमा रहेका एक सांसदले भीडमा गोली चलाएर आत्महत्या गरेपछि प्रदर्शन थप चर्किएको छ। त्यसपछि प्रदर्शनकारीले सत्तासमर्थक नेता तथा सांसदहरुको घरमा आगजनी शुरु गरेका थिए। जसमा उनीहरुले ५० बढी नेता तथा सांसदहरुको घरमा आलो लगाइदिएका छन्। प्रदर्शनकारीले दक्षिण श्रीलङ्कास्थित हम्बन्टोटा गाउँमा राजपक्ष परिवारले बनाएको विवादास्पद सङ्ग्रहालय र पैतृक घरमा पनि आगजनी गरेका छन्। सामाजिक सञ्जालमा राखिएका भिडिओमा घरमा आगो दन्किँदा मानिसहरूले हर्षोल्लास गरिरहेको देखिन्छ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today