Type Here to Get Search Results !

औरहीका कुमाले समुदाय चाडपर्व लक्षित माटोको भाडा बनाउन व्यस्त

 


दिपावली नजिकिए संगै औरहीका कुमालेहरुलाई माटाकाे दियो बनाउन भ्याइ नभ्याइ भएकाे छ।

औरही नगरपालिका वडा नं. ४ कबिलाशाका कुमाले समुदायका परिवारहरु यति बेला बिहानै देखि माटोको दियो बनाउन व्यस्त छन् । एकाबिहानै देखि कबिलाशाका कुमालेहरु कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् । उनीहरु सबैको उद्देश्य एउटै छ चाडपर्वका बेला सबैलाई माटोको भाँडा सहज उपलब्ध होओस् ।

औरही ४ कबिलाशाका कुमाले चन्देश्वर पण्डितले  दिपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियो सहित विभिन्न किसिमका भाँडाकुँडा बनाउने काममा व्यस्त रहेकाे बताए । भाडो बनाउन काँचो माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जोहो गर्ने गरेको उनले बताए । माटो ल्याउन ढिला भएको हुँदा सोचे जतिको परिमाणमा भाँडो बनाउन ढिलो भएको रामनारायण पण्डित बताउँछन्।

नजीकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा अलि बढी नै अचेल व्यस्त बनेको उनले बताए । दिपावली तथा छठ पर्वमा दियो, चौमुखे दियो, कलशा लगायत सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु समान बनाउने काममा लागेको स्थानीय सियाराम पण्डितको भनाइ छ । कमाले समुदायका अधिकांश व्यक्तिका रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडाहरु बनाउने रहेकाले यति बेला सबै व्यस्त छन्।

आफूहरुले सबैको पर्वलाई सहयोग गर्ने उद्देश्यले काम केही दिनअगाडि देखि नै गरे पनि निकै चुनौती समेत रहेको उनिहरु बताउँछन् । आर्थिक मन्दी अहिले चलिरहेको बेलामा चाडपर्व लक्षित माटोको भाँडा निर्माण गरेको भए पनि बिक्री हुने कि नहुने भने चिन्ता समेत रहेकाे सियारामले बताए । उनले  वार्षिक रुपमा रु एक लाखदेखि एक लाख ५० हजारसम्मको माटोको भाँडाबाट आम्दनी गर्दै आएकामा यस पटक सोचेअनुसारको आम्दनी हुने न हुनेमा शंका रहेकाे बताए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today