Type Here to Get Search Results !

तिहार मान्न घर आएका सैनिक जवानमाथि कुटपिट


 

बाँकेको राप्तीसोनारीमा गएराति एक सैनिक जवानमाथि कुटपिट भएको छ । कुटपिटबाट नेपाली सेनामा कार्यरत जवान गम्भीर घाइते हुनुभएको छ ।

राप्तीसोनारी गाउँपालिका ९ उद्दैनमा गएराति साढे १२ बजेतिर स्थानीय केही युवाबीच झडप हुँदा सैनिक जवान कुटिएका हुन् । सैनिक जवानको अवस्था गम्भीर रहेको ढकेरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यज्ञ घर्तिले जानकारी दिनुभयो ।

कुटपिटबाट सोही ठाउँका विष्णु खत्री गम्भीर घाइते हुनुभएको प्रसनि घर्तिले बताउनुभयो । घाइते हुनुभएका घर्ति डोटीमा नेपाली सेनामा कार्यरत रहेको र तिहार मान्न विदामा घर आउनुभएको उहाँले जानकारी दिनुभयो ।

गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्जस्थित शिक्षण अस्पताल (नर्सिङ होम) मा लगिएको उहाँले जानकारी दिनुभयो । कुटपिटमा परी घाइते हुनुभएका खत्रीको टाउकोमा गहिरो चोट लागेको घर्तिले बताउनुभयो ।

खत्रीलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका १८ बर्षीय मनोज खत्री, २४ बर्षीय जीवन खत्री र २५ बर्षीय केशव पुन रहेको प्रसनि घर्तिले जानकारी दिनुभयो । 

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको उहाँले बताउनुभयो । कुटपिटमा संलग्नमाथि अनुसन्धान सुरु गरिएको कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today