Type Here to Get Search Results !

निहारिकाको गर्भवती अवस्थाका तस्बिर सार्वजनिक

 


काठमाडौं- आफूलाई बलात्कार गर्नेमाथि कारबाही हुनुपर्ने र बच्चा एवं उनका बाबुको डीनएन परीक्षण हुनुपर्ने माग गर्दै आत्मदाहको प्रयास गरेकी निहारिका राजपुतका पुराना तस्बिरहरू सार्वजनिक भएको छ। एमाले नेतृ समेत रहेकी नायिका करिस्मा मानन्धरले ती तस्बिरहरू पोस्ट गरेकी हुन्।

निहारिकाले आत्मदाहको प्रयास गरेको केही घण्टापछि नै करिस्माले निहारिका बलात्कृत होइनन् प्रेमीसँगै सहमतिमै बच्चा जन्माएकी हुन् भन्ने आशय प्रकट गर्दै तस्बिरहरू सार्वजनिक गरेकी हुन्।


निहारिका राजपूतले आफू बलात्कृत भएको र बलात्कारपछि बच्चा जन्मिएको बताउँदै आएकी छिन्। न्याउ पाउन भन्दै पटकपटक अनसन बस्दै आएकी उनले शुक्रबार शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन्। न्याय नपाएपछि आत्मदाह गर्न खोजेको उनको भनाइ छ ।

नायिका करिस्मा मानन्धरको फेसबुक आइडीबाट पोस्ट भएका फोटोमा गर्भावस्थामा निहारिका पतिसँगै रमाइरहेको देखिन्छ।
करिश्माले तस्बिर सेयर गर्दै आफूले नबुझी निहारिकालाई सहयोग गर्न अघि सरेको भन्दै माफीसमेत मागेकी छन्।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today