Type Here to Get Search Results !

जितपुरसिमरा - ६ बाट अज्ञात महिलाको शव बरामद



बाराको जितपुरसिमरा उपमहानगरपालिका - ६ स्थित खेतबाट एक महिलाको शव बरामद भएको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले त्यहाँ बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । 

महिलाको पहिचान भने खुल्न सकेको छैन । 

यस विषयमा अधिक जानकारी लिन बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

सोमबार मात्रै बाराको सदरमुकाम कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकार (सर्राफ) माथि प्रहरीले आक्रमण गरेको थियो । गोली प्रहारको घटना नसेलाउँदै बारामा अर्को शव बरामद भएको छ ।

पछिल्लो समय बारामा आपराधिक घटनामा वृद्धि भएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today