Type Here to Get Search Results !

२० लाखको लागतमा निर्माण भएको भवनको उद्घाटन

 महोत्तरीको मटिहानी नगरपालिकामा २० लाखको लागमा निर्माण भएको सामुदायिक भवनको उद्घाटन गरिएको छ ।


मधेस प्रदेशको सामाजिक विकास इकाई जनकपुरधामको सहयोगमा मटिहानी–६ जलसागरमा दुई कोठे सो भवन २० लाखको लागतमा निर्माण भएको छ ।नवनिर्मित सो सामुदायिक भवनको बुधवार एक कार्यक्रमको आयोजना गरि महोत्तरी क्षेत्र नं. ३(क) का प्रदेश सांसद एवं पूर्वराज्यमन्त्री अभिराम शर्मा र मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले संयुक्त रुपमा समुद्घाटन गरेका छन् ।


मटिहानी नगरपालिका वड़ा नं. ६ का वड़ा अध्यक्ष कलीम अंसारीज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिका उप(प्रमुख मञ्जु देवी साहज्यू, सुरेश पाण्डेयज्यू, योजना अधिकृत राजेश कुमार शर्माज्यू, इन्जिनियर बिमलेश साह, पूर्व वड़ा अध्यक्ष रामबाबु नायक, वड़ा सदस्यहरु लगायत स्थानीयहरु सहभागी रहेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today