Type Here to Get Search Results !

महोत्तरीको मटिहानीमा रावण बध सम्पन्न

 बडादसैं (मधेशमा दशहारा भनिन्छ) पर्वमा देवी दुर्गाको पूजाआराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावत्र्ती मुख्य नाका मटिहानीमा रामायण गाथा गाइन्छ।

मटिहानीमा बर्सेनि ‘रावणबध’ मेला नै आयोजन गरेर नवरात्रभरि रामायण पाठ कीर्तन गरेर दशमीका दिन रावणरुपी दुष्ट प्रवृत्तिको अन्त्य भएको खुसियालीमा उत्सव मनाउने यहाँको पुरानो परम्परा हो।नवरात्रभरि (असोज शुक्लपक्ष लागेदेखि नै) राम–रावणको घमासान युद्ध भएको र दशमीका दिन मर्यादा पुरुवत्तम श्रीरामले रावणलाई ढालेको विश्वासमा मटिहानीमा रावणबध मेलाको आयोजन परम्परादेखि हुँदै आएको छ। दशमीका दिन त्यहाँ निर्मित अजङ्गको रावण प्रतिमालाई दशमीका दिन सूर्यास्तअघि श्रीरामको भूमिकाका कलाकारले तीर (धनुष वाण) हानेर लडाएपछि विजय उत्सव मनाइँदै मेला सम्पन्न हुने परम्परा रहेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए।



यसै परम्पराअनुसार आज सन्ध्याअघि प्रतिकात्मक ‘रावणबध’ गरिएको हो। रावणवध मेलामा टाढाटाढाबाट साधुसन्त सहभागी हुने गरेका छन्। यहाँ वर्षाकाल बितेपछि शरद ऋतु लागेसँगै श्रीराम सीताजीको खोजीमा लङ्का पुग्नु भएको र रावणसँग युद्ध गरेर सत्य स्थापित गर्नुभएको विश्वासमेला परम्परा चल्दै आएको हो।

रावणबध मेलाका अवसरमा असोज शुक्ल प्रतिपदादेखि नै रामचरित मानस (श्री सन्त तुलसीदासविरचित रामायण महाकाव्य) पाठ गरिने परम्परा छ। रावणबध भएपछि साधुसन्तलाई भोजन गराइ दक्षिणा दिने र श्रीराम कीर्तन गर्दै उत्सव मनाउने यहाँको चलन छ।

श्रीरामले रावणको संहार गरेको र देवीले महिषासुरसहितका दैंत्यको मर्दन गरेका थिए। चन्द्रमासका गणनाले एउटै पक्ष परेको विद्वानहरुको मत छ। देवीको लडाँइ सत्य युगमा र श्रीरामको त्रेतायुगमा भए पनि दुबै लडाइँ असोज शुक्लपक्षमै भएकाले विजया दशमीमा रावणबध मेला आयोजन हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापिठ) का मैथिली भाषा साहित्का उपप्राध्यापक मनोज झा मुक्तिको भनाइ छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today