Type Here to Get Search Results !

घाँटीमा लगाउने सिक्रीको विवादमा साथिको हत्या ,दुई जना भार्तिय युवक पक्राउ

 


बिहीवार  घाँटीमा लगाउने समान्य  सिक्रीको लागि भएको विवादमा साथिको  हत्या गरेकोहो।                                                              महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित हर्दिया बस्ने १९ वर्षिय बसन्त पासवानको दुई जना भारतीय युवकसँग घाँटीमा लगाउने सिक्रीको कारण विवाद भएको थियो ।

सोही विषयमा विवादले उग्ररुप लिएपछि भारतको बिहार मधुबनी जिल्लाको जयनगर बस्ने १९ वर्षिय दीपक मलिक र मधुबनीको साहारघाट बसबरिया घर भएका १८ वर्षिय अमित मलिकले छुरा प्रहार गरी बसन्तको हत्या गरेको थियो ।

हत्यापछि महोत्तरी प्रहरीले शुक्रबार जिल्ला प्रहरी कार्यालय जलेश्वरमा पत्रकार सम्मेलन आयोजना गरी हत्याको आरोपमा दुई जनालाई सार्वजनिक गरेका छन् ।

IMG_6517

महोत्तरी प्रहरीका प्रहरी नायब उपरीक्षक गिरीले महोत्तरीको सहोडवास्थित दसैँको दुर्गा मेलामा सिक्रीको विषयमा विवाद भारतीय युवाहरुसँग भएको विवादले उग्ररुप लिएपछि दीपक मलिक र अमित मलिकले छुरा प्रहार गरी बसन्तको हत्या गरेको बताए ।

बसन्तको शव बिहीबार साँझ ४ बजे स्थानीय जगदीश साहको खेतमा फेला परेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनले मृतक पासवानलाई दुईजना मिलेर अमित मलिकले पछाडिबाट समातेर दीपक मलिकले पटक पटक घाँटी र छातीमा छुरा प्रहार गर्दै निर्ममतापूर्वक हत्या गरेको खुलाए ।

मृतक बसन्तको हत्यामा प्रयोग गरिएको छुरा र उनले लगाएको लुगासमेत रक्तामम्य अवस्थामा महोत्तरी प्रहरीले मामाको घरबाट तथा सानीआमाको घर पछाडीबाट बरामद गरेको छ ।

पक्राउ परेका यी दुई भारतीय युवाहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today