Type Here to Get Search Results !

महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि निर्घात कुटपिट

 महोत्तरीमा एक महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । बर्दिवास नगरपालिका वडा ९ पशुपतिनगर बस्ने ४५ वर्षीया नागे देवि यादवलाई (नाम परिवर्तण) बोक्सीको आरोपमा आफनै देबर विरेन्द्र यादवले नांगेझार पार्दै निर्मम कुटपिट गरेका छन् ।



केही देन देखि छोरीको स्वास्थ्यमा समस्या आएका कारण र निको नभएको भन्दै शुक्रवार राति विरेन्द्र यादव, उनकी श्रीमती श्यामु देवि, छोरा अजय यादव, नागेश यादवले एक्कासी घरमा आएर मेरो आमालाई कुटपिट गरिएको छोराले बताए ।

उनका अनुसार मेरो काका बिरेन्द्र यादबको छोरी केही दिन देखि भाईरल ज्वरोका कारण घरमै बिरामी भएको छ । डाक्टरका अनुसार स्वास्थ्य अबस्था कमजोर भएको कारणले निको हुन केही समय लागन सक्ने भएकाले घरमै आराम गर्न डाक्टरले सल्लाह दिनुभएको थियो । पछि घर समान्य बिवाद भएपछि मेरो आमा माथी बोक्सीको आरोप लागाएर दिउँसो समान्य झ्गडा समेत भयो ।

घर नजिकै प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ र त्यहाँ पनि स्वास्थ उपचारका लागि शुक्रबार लगिएको थियो । डाक्टरको भनाई अनुसार यो भाईरल ज्वरो हो यसका कुनै चिन्ता नलनु सबैलाई सुझाव दिएका थिए । उपचारका लागि लगिएको स्थानमा मेरो काकीले भने,एक जनालाई भने, मेरो छोरीको ज्वरो निको भएन भने पकै घरकै बोक्सीले केही गरिदिएको हो भन्दै काकी श्यामु देबि यादबले गनथमन्थन गरिएको एक श्रोताले मलाई बताए । पछि हामीले यस विषयमा कुनै चासो देखाएन ।

रातीको समय पारेर पुनः एक्कासि मेरो घरमा आएर सबै परिवारलाई कुटपिट गरियो । मेरो आमालाई तँ बोक्सी हो, यदी मेरो छोरीलाई केही भयो भने तेरो खन्दानलाई जिउन्दै मारिदिन्छु भन्दै काका विरेन्द्र यादवले धम्की दिए । समाजमा बस्न तलाई कुनै अधिकार छैन । तेरो कारणले आज मेरो छोरी विरामी भएको निकै दिन भयो । तलाई अब बोक्सो भुत झार्छु अनि मलमूत्र नखुवाई यो समाजमा म पनि बस्दीन भन्दै लछारपछार पार्दै काका विरेनद्र यादवले कुटपिट गरे मेरो आमालाई । निर्घात कुटपिटबाट घाइते भएकी नागे देवि यादवको नन्द जनकपुरस्थित जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पिडित नागे देवि यादवको लछारपछार क्रममा टाउकोमा चोट लागेको छ र उनको उपचार गाउँकै स्वस्थ्य केन्द्रमा भईरको छ ।

यता घरमा समान्य विवाद भएको कारणले यति ठुलो ईसु बनाएको प्रति देबर बिरेन्द्र यादवले दुःखेसो पोखे । दिउसो भएको झगडाको विषयमा साझ बुझन जादा एक्कासी गाली गलोज गरिएको उनले बताए । म कसैलाई बोक्सी भनेको छैन । मलाई यो समाजमा बदनाम गर्नका लागि अरोपित बनाईएको हो । म मेरो भाउजु लाई र कसैलाई पनि कुटपिट गरिएको छैन् । परिवारीक झगडालाई लिएर बोक्सी जस्तो शब्द र कुंठित अरोप प्रति घोर आपति यादवले जनाए । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today