Type Here to Get Search Results !

सन्दीपबिनै नेपालले त्रिकोणात्मक शृंखला खेल्ने

 सन्दीप लामिछानेबिना नै नेपालले घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ ।

आगामी कात्तिक १ देखि १० गतेसम्म घरेलु मैदानमा हुने शृंखलामा नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई) र हङकङले प्रतिस्पर्धा गर्दै छन् । सोही शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार महŒवपूर्ण बलर सन्दीपबिना नै रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । सन्दीपले आफू मानसिक दबाबमा रहेको र यस समय परिवारलाई समय दिने भन्दै सामाजिक सन्जालबाटै केही समय क्रिकेटबाट टाढा रहने संकेत गरेका थिए । एक नाबालिकाले उनीमाथि लगाएको बलात्कारको मुद्दामा लामो समयदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

सो मुद्दा पटकपटक पेसी सरेपछि मानसिक दबाबमा रहेकाले सन्दीपले बेलाबेलामा क्रिकेटबाट बाहिर रहने उल्लेख गर्दै आएका थिए । यस पटक घरेलु मैदानमा नै हुने शृंखलामा भने उनी सहभागी भएनन् । सन्दीपले नखेल्ने र अर्का स्पिनर ललितनारायण राजवंशी चोटमा रहेकाले नेपाली टोलीलाई अनुभवी स्पिनरको खाँचो हुने देखिएको थियो । यद्यपि, ललितनारायणले टोलीमा पुनरागमन गरेका छन् । क्यानले उनको नाम पनि टोलीमा समावेश गरेको छ । अभ्यासका क्रममा घाइते भएपछि उनले चीनमा सम्पन्न १९औं एसियाली खेलकुद गुमाउन पुगेका थिए ।

मूलपानी र त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने शृंखलामा नेपालले कात्तिक १ मा युएईसँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ । नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईको सामना गर्ने तालिका छ । युएई र हङकङबीच भने कात्तिक ५ र ८ गते प्रतिस्पर्धा हुनेछ । एकअर्कासँग समान दुई खेल खेलेपछि अंकतालिकाको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । शृंखलाको फाइनल खेल कात्तिक १० गते हुनेछ । शृंखलाको फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान तथा अन्य खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।

सबै खेलहरू बिहान ११ बजे हुनेछ । आइसिसी विश्वकप ट्वान्टी–२० एसिया क्षेत्र छनोटको तयारीका लागि नेपालले यो शृंखला आयोजना गरेको हो । विश्वकप एसिया क्षेत्र छनोट कात्तिक १३ देखि २० गतेसम्म मूलपानी र त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुँदै छ । रोहितकुमारको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, प्रतीश जिसी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर), सन्दीप जोरा, श्याम ढकाल (मौसम), विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम छन् । 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today