Type Here to Get Search Results !

गौशाला घटना: पिके डायगोनिस्टिकका सञ्चालकमाथि आक्रमण गर्नेविरुद्ध १५ वर्ष कैद माग गर्दै मुद्दा दर्ता

 गत असोज १५ गते गौशालास्थित पिके डायगोनिस्टिक प्रालिका सञ्चालकमाथि आक्रमण गर्ने दुई जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। २५ दिन लामो अनुसन्धान सकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।



पिके डायगोनिस्टिक प्रालिका सञ्चालक साबिर हुसेनमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका रौतहतको गढिमाई नगरपालिका–९ का ३७ वर्षीय सिकिल देव सहनी र सोही नगरपालिका ९ का ४७ वर्षीय चुतुर्गुन सहनीविरुद्ध मुद्दा दर्ता गरिएको हो। 

उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजनाको कसुरमा मुद्दा दर्ता भएको छ। जिल्ला अदालतमा मुद्दा दर्ता भएका दुवै प्रतिवादीको बयान भइरहेको छ। अब थुनछेक बहसपछि धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश आउनेछ।

ज्यान मार्ने उद्योगकको कसुरमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ। हातहतियार तथा खरखजनामा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

लेनदेनको विवादमा हुसेनमाथि आक्रमण भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो हुसेनमाथि आक्रमण गरेर कटुवा पेस्तोल र चक्कु घटनास्थलमै छाडेर आक्रमणकारी भागेका थिए। 

बाराको कलैया नगरपालिका–२१ घर भई हाल कोटेश्वर बस्दै आएका हुसेनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको थियो। सुरुमा पेस्तोलबाट प्रहार गरे पनि गोली नपड्किएपछि हुसेनमाथि चक्कु प्रहार गरिएको थियो। 

प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र चक्कु बरामद गरेको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today