Type Here to Get Search Results !

गलत नेतृत्वको कारण फतुवा विजयपुर नपा को भविष्य खतरामा : मेयर प्रत्यासी विजय यादव

 रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बीचको बिवाद चरम उ्कर्षमा पुगेको छ। तत्कालीन मेयर गोपाल राय यादव बिशेष अदालत बाट दण्डित भएर निलम्बित भए संगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधि बीच बिवाद उत्पन्न भएको छ। 



करिब एक महिना देखि जनप्रतिनिधि बीचको विवादको परिणाम समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक कर्मचारीले तलब पाउन सकेका छैनन् भने लोकापर्व छठको मुखमा पनि सामाजिक सुरक्षा भत्ता बितरण हुनसकेको छैन।  फतुवाविजयपुर नपामा विगत महिना देखि भइरहेको नाटक मंचनले नगरपालिका अस्त ब्यस्त मात्र नभएर नगरको भविष्यनै खतरामा परेको आम जनता पार्टीको फतुवा विजयपुर नगरपालिकाको नगर अध्यक्ष एवम मेयर प्रत्यासी विजय यादव निर्विजले आफ्नो आधिकारिक समाजिक सञ्जाल फेसबुक मार्फत विरोध गरेका हुन्। 

फतुवा विजयपुर नगरपालिका गलत नेतृत्वका कारण रौतहटको सब भन्दा पिछ्डेको नगर साबित भइसकेको छ यादवले जिकीर गरेका हुन। लालबकैया नदीको टेन्डरको मुद्दामा अख्तिारद्वारा दोषी ठहर भएर तत्कालीन मेयर गोपाल राय यादव लाई तीन वर्ष कैद र १५ लाख जरिबानाको फैसला बिशेष अदालत बाट भएपछि उनको पद गएको थियो।

भ्रष्टचारकाे जालोले बेरीको यो हाम्रो नगरलाई बेतिथि विरुद्ध सम्पूर्ण न्याप्रेमी जनसमुदाय अगाडि आउन जरुरी देखिएको छ । यो सवै बेथितिकाे विरुद्ध सम्पूर्ण युवा शक्ति एक हुन जरुरी रहेकाे र  हाम्राे सुन्दर नगरलाई मजबुत बनाउन एक हुन् पनि युवा शक्तिमा नेता विजय यादवले आवहान गरेका हुन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today