Type Here to Get Search Results !

चिया पकाउन ढिलो गरेको भन्दै पत्नीको हत्या

 दुनियाँमा कहिलेकाहीँ यस्ता अपराधका घटना हुन्छन् जसका बारेमा सुन्दैमा जीउ काँप्छ ।

हालै छिमेकी देश भारतको ग्वालियरमा एउटा यस्तै नृशंस तथा अकल्पनीय घटना भएको छ जसमा एक महिलाले आफ्नै लोग्नेको हातबाट अनाहकमा ज्यान गुमाएकी छिन् ।मध्यप्रदेशको ग्वालियरमा एक युवकले आफ्नै पत्नीको घाँटी थिचेर हत्या गरेका छन् । समाचार अनुसार पत्नीले चिया पकाउन ढिलो गरेको भन्दै ती युवकले आफ्नै पत्नीको हत्या गरेका हुन् ।स्थानीय मोहित रकम भन्ने युवकले आफ्नी २२ वर्षीया पत्नी साधना रजकलाई चिया ढिलो पकाएको विषयमा भएको विवादमा सुरुमा पत्नीमाथि कुटपिट गरेर अन्त्यमा घाँटी थिच्दै नृशंस तरिकाले हत्या गरेका छन् ।

प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । उनले प्रहरीसमक्ष अपराध स्वीकार गरिसकेको बताइएको छ । उनीहरुबीच सन् २०२१ मा बिहे भएको थियो । ती युवकमाथि हत्याको अभियोगमा मुद्दा दर्ता गरिएको हाल हिरासतमा रहेको बताइएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today