Type Here to Get Search Results !

जनकपुर बिग मार्टमा आगलागी हुँदा १० करोड बराबरको क्षति

 जनकपुरधाममा गएराती एक मार्टमा आगलागि हुँदा करोडौंको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार जनकपुर बिग मार्टमा गए राति आगलागी भएको हो । जनकपुरधाम उपमहानगरपालिका-९ रामानन्द चोक स्थित मार्टमा मध्ये राति अकस्मात् लागेको आगो आज बिहान मात्र नियन्त्रणमा आएको छ ।



आगो नियन्त्रणमा लिनको लागि जनकपुरधाम उपमहानगरपालिका लगायत वरिपरिका पालिकाहरुको बारुणयन्त्र, प्रहरी, स्थानीय लगायतको सहयोगमा नियन्त्रण लिइएको हो ।
आगलागीबाट सम्पूणर् मार्टको सम्पूणर् सामानहरु जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ ।
मार्टका सञ्चालक रामबाबु रायले मार्टको सम्पूणर् सामान साढे चार करोड र आगलागिबाट घरमा समेत क्षति पुगेका हुँदा करिब १० करोडभन्दा बढीको क्षति पुगेंको बताए।
संचालक रायले उहाँले आफूहरु मार्टको दोस्रो तल्लामा बसिरहेको राति ११ बजे मार्टभित्र आगो लागेको थाहा भएपछि आफूहरु परिवार सहित भागेर ज्यान बचाएको बताए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today