Type Here to Get Search Results !

बारामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु

 सोमबार दिउँसो बाराको कलैयामा अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु भएको छ। 

मोटरसाइकलमा आएका दुई जनाले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई गोली प्रहार गरेका थिए। 

गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारलाई उपचारका लागि वीरगन्जको बयोधा अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ। स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको छ। बारा प्रहरीका अनुसिार कलैया अस्पतालमा उपचार हुन नसकेपछि अन्तिममा उनलाई बयोधा अस्पताल लगिएको थियो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायतका अनुसार दुई वटा मोटरसाइकलमा मास्क लगाएर आएका व्यक्तिले गोली प्रहार गरी फरार भएका हुन्।स्कुल नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि दुईवटा गोली प्रहार गरिएको थियो। उनको टाउको र छातीमा गोली लागेको थियो। गोली प्रहार गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today