कसैको कुनै कामले गर्दा अर्कोलाई क्षति पुग्यो भने क्षति गराइदिने पक्षले क्षतिपूर्ति तिर्नु सामान्य कुरा हो। यदि दुर्घटनावस कुनै व्यक्तिको जीउमा कफी पोखियो भने तपाईंले कति क्षतिपूर्ति तिर्नुपर्ला, अनुमान गर्न सक्नुहुन्छ ? अमेरिकामा भने एउटा रेष्टुरेन्टले यस्तै घटनामा साढे ३८ करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति तिरेको छ ।
डोनट तथा कफी ब्रान्ड डंकिनको एउटा आउटलेटले एक महिलालाई यत्रो अकल्पनीय रकम तिर्नुपरेको हो ।समाचार अनुसार सन् २०२१ मा जर्जियाकी एक महिला उक्त रेष्टुरेन्टमा ग्राहकको रुपमा आएको बखत रेष्टुरेन्टका वेटरले कफी सर्भ गर्ने बेलामा वेटरको हातबाट कफीको कप खस्न पुग्यो र तातो कफी ती महिलाको सरीरमा पोखियो । त्यो घटनाले त्यति ठूलो रुप लिन्छ भन्ने सायद कसैले अनुमान गरेको थिएन । तर तातो कफीले ती महिलाको जीउ नराम्रोसँग डढ्न पुग्यो र यो मुद्दा अदालतसम्म पुग्यो ।७० वर्षीया ती महिला जीउमा कफी पोखिएर सख्त घाइते भइन् र उनले हालसमम पनि आफ्नो दैनिक कामकाजका लागि समेत कठिनाइ बेहोरिरहेकी उनको पक्षमा मुद्दा लडेको ल फर्म मोर्गन एण्ड मोर्गनका वकिल बेन्जामिन वेल्चको दाबी छ ।उनी भन्छन्त्यो, ‘रेष्टुरेन्ट त अन्तै सर्न पनि सक्ला तर हाम्री ग्राहक भने हिँडडुल गर्नै सकस छ र सुरुबाटै हिँड्न सिक्नुपरेको छ । उनको जीउका घाउ यतिधेरै दर्दनाक थिए कि उनी कैयन् हप्तासम्म अस्पतालको जलन कक्षमा बिताउनुपर्यो । त्यस घटनाले उनको जीवनलाई नै बदलिदिएको छ । उनलाई हिँडडुल गर्न गाह्रो हुन्छ । उनी घाममा जान सक्दिनन् र जिउमा सधै मलहम लगाइ रहनुपर्दछ ।’

