Type Here to Get Search Results !

प्रहरीको पेट्रोल पम्पमा एक करोडको अनियमितता गर्ने असइलाई २५ गते सजाय सुनाइने

 विशेष अदालतले नेपाल प्रहरीको पेट्रोल पम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। सोमबार विशेषले प्रहरी कल्याण कोषद्वारा सञ्चालित नक्सालस्थित पेट्रोल पम्पमा भ्रष्टाचार भएको भनी दायर मुद्दामा दुई वर्षपछि फैसला सुनाएको हो।

इन्धन भराउन आएका ग्राहकले दिएको रकमलाई गलत प्रविष्टि गरी भ्रष्टाचार गर्ने असइ दिलीप कार्कीलाई सजाय सुनाउन पेसीसमेत तोकेको छ। विशेषले सजाय निर्धारणका लागि २५ असोजको पेसी तोकेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीलाई प्रतिवादी बनाई ३१ साउन २०७८ मा मुद्दा दायर गरेको थियो। जसमा दोषी ठहर हुने फैसला भएको हो। न्यायाधीशत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाले यस्तो फैसला सुनाएका हुन्।

असइ कार्कीले बिक्री भएको तेलको वास्तविक हिसाब नदेखाई भ्रष्टाचार गरेको भेटिएको थियो। उनले तेलबाट भएको आयको गलत प्रविष्टि गरी एक करोड तीन लाख ९७ हजार रुपैयाँ हिनामिना गरेका थिए।

जसपछि अख्तियारले उनीमाथि कैद सजाय र भ्रष्टाचार गरेको रकमबराबर बिगो माग दाबी गर्दै मुद्दा चलाएको थियो। यसमाथि ठहर हुने फैसला गर्दै सजाय निर्धारणको पेसी तोकिएको हो।


Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today