Type Here to Get Search Results !

गिफ्टको नाममा अनलाइन अपराध, आइफोन र डलर पठाउने भन्दै मनीषाले गरिन् १७ लाख ठगी

 सामाजिक सञ्जालमा जोडिएर विभिन्न गिफ्ट पठाइदिने भन्दै ठगिने मानिसको संख्या अझै पनि बढ्दो छ। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले यसै गरी ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ। ललितपुर घर भएकी २९ वर्षीया मनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको हो।उनले फेसबुक र ह्वाटस्एप मार्फत आफू इटालीको नागरिक भएको भन्दै फेसबुकमा साथी बनाएर ठगी गर्ने गरेको खलेको हो। माया प्रेमको प्रपञ्चमा पारी आइफोन, लेडिज ब्याग, सुन तथा गरगहना र पाँच हजार डलर ५ सहितको गिफ्ट पठाइदिने भन्दै उनले ठगी गरेको अनुसन्धानका क्रममा खुलेको छ।

सामान पठाएपछि फलानोले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको र पार्सल पाउनको लागी भन्सार शुल्क, डेलिभरी चार्ज लाग्छ भन्दै उनले पछि फोन गर्ने गर्थिन्। लाखै मूल्य पर्ने गिफ्ट पाउने आशामा पीडितले सहजै उनले दिएको बैंक खातमा रकम हाल्दिन्छन्। तर पटक पटक रकम जम्मा गर्दा पनि गिफ्ट नआएपछि उनीहरू ठगिएको भन्दै प्रहरी कहाँ पुग्ने गर्छन्।

प्रहरीकोमा उजुरी परेपछि अनुसन्धानबाट मल्लको ठगी धन्दा खुलेको हो। मनिषाले हालसम्म १७ लाख १५ हजार रुपैयाँ ठगी गरेको देखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।


Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today