Type Here to Get Search Results !

कोशीका मुख्यमन्त्री दाबेदार कार्कीसहित बहुमत सांसद प्रदेश प्रमुख कार्यालयमा

 कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेस नेता केदार कार्कीसहित बहुमत सांसद प्रदेश प्रमुख कार्यालयमा पुगेका छन् । कोशीका मुख्यमन्त्री दाबेदार कार्कीसहित उहाँलाई समर्थन गर्ने कांग्रेसका आठ जना र एमालेका गरी ४७ जना सांसद प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेका हुन् ।



कार्कीले एमालेको समर्थनमा हिजो बिहीवार मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । प्रदेश प्रमुख खापुङले दाबी पेसका लागि आज शुक्रवार बेलुका ५ बजेसम्मका लागि दिनुभएको समय सकिएको छ । प्रदेश प्रमुख खापुङले दाबी पेस गर्ने समय सकिएपछि निर्णय लिने बताउँदै आउनुभएकाे छ ।

कांग्रेस, माओवादी केन्द्रसहित सत्ता गठबन्धनबाट भने माओवादीका सांसद इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today