Type Here to Get Search Results !

दीपक-दीपाले १० करोड लगानीमा खोले आइएनआई सिनेमा हल

 अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आइएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन्।



बानेश्वरस्थित एनबी सेन्टरमा आइएनआई सिनेमाको फ्रेन्चाइजअन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याइएको हो। गिरी, निरौला र शर्माले १० करोड रुपैयाँ लागतमा सिनेमा हल निर्माण गरेका हुन्।

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र बनाउनु पनि तपस्या गरे सरह रहेको बताए। आम दर्शकलाई चित्त बुझाउने काम भनेको एउटा तपस्वीले तपस्या गरेर बल प्राप्त गरेको सरह भएको उनको बुझाइ छ। उनले पहिला नामका लागि काम गरे पनि पछि नामसँगै पैसा कमाउन थालिएको तर समयलाई चिन्नुपर्ने आवश्यकता औंल्याए। आफूहरूले गर्न नसकेको काम सिनेमा हल सञ्चालन गरेर दीपक र दीपाश्रीले कलाकारको सपना पूरा गरेकोमा खुशी व्यक्त गरे।

उनले भने, ‘साँच्चै नै नेपाली चलचित्र क्षेत्र र नेपाली कलाकारिता क्षेत्र असाध्यै सानो पाइलाबाट अघि बढेको हो। चलचित्र क्षेत्र तपस्वीले तपस्या गरेको जस्तै हो। जसरी प्रसूतिको बेला बच्चा जन्माउन एउटा आमालाई पीडा हुन्छ, त्यसरी नै र त्यत्ति नै गाह्रो एउटा कथाकारलाई कथा निकाल्न हुन्छ। आम दर्शकलाई चित्त बुझाउने काम भनेको एउटा तपस्वीले तपस्या गरेर बल प्राप्त गरेको जस्तै हो।’

कार्यक्रममा बोल्दै अभिनेता तथा निर्माता दीपकराज गिरीले नेपाली चलचित्र उद्योगले सरकारबाट आवश्यक सुविधा नपाएको गुनासो गरे। उनले निर्माताले चलचित्र भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर हुनुपर्ने बताए। उनले आफ्नो सिनेमा हलबाट हलबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउने घोषणा गरे।

उनले भने, ‘नेपाली चलचित्र उद्योग संघर्षरत छ, पहिला पनि थियो र अहिले पनि संघर्ष नै गरिरहेका छौँ। राज्यबाट त्यति धेरै सुविधा प्राप्त गरेका पनि छैनौँ, गर्ने अवस्था पनि राज्यको छैन। गत वर्ष ७ वटा जति नेपाली चलचित्र हिट भए, हिन्दी र अंग्रेजी चलचित्रको कलेक्शन बराबर नेपाली चलचित्रको कलेक्शन थियो। हलले पनि हामी नेपाली निर्मातालाई बचाउनुपर्छ र हामीले पनि हललाई बचाउनुपर्छ। हामी निर्माताले चलचित्र भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर होस्, ५०÷५० प्रतिशत होस्, हाम्रो सिनेमा हलबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउनेछन्।’

गिरीले  हल ४ सय सिट क्षमताको रहेको र दुइटा अडिटोरियम हल रहेको बताए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today